तालिम लिएर भूकम्पपछिको पुनःनिर्माण, कमाई मालामाल

रसुवा । पार्वतीकुण्ड २ हाँकुका ४२ वर्षीय सोनाम तामाङलाई भूकम्पले भत्काएको घर कसरी बन्ला भन्ने ठूलो चिन्ता थियो ।

हातमा सीप थिएन, घर बनाउन आवश्यक पैसा पनि थिएन । सरकारले दिने राहत रकमले घर बन्नेमा उनलाई विश्वास थिएन । किनकि निर्माण सामग्री आयात गर्नेदेखि काममा ज्यामी समेत पाउन मुस्किल छ ।

तर सोनामले सोचे जस्तो अप्ठ्यारो भएन गोरखा भूकम्पले भत्काएको घर बनाउन ।

पुनःनिर्माण लागि सीप परियोजनाले गाउँमै डर्कमी तालीम दियो । गाउँका धेरैजसो युवा तालीममा सहभागी भए र सीप सिके । सोनामको घर पनि पर्मका रुपमा त्यहीँका युवाले बनाइदिए ।


आज भूकम्प प्रतिरोधी घर बनाएर ढुक्क भएका सोनाम भन्छन्, ‘वास्तवमै मेरा लागि खुशी घरमै आयो । सीप पनि सिकियो । अब रोजगारीको खोजीमा विदेश पनि जानु परेन ।’
हाँकुकै २४ वर्षीय युवक दिनेश तामाङ वैदेशिक रोजगारीका लागि कतार जान राहदानी बनाएर ठिक्क परेका थिए । ऋण पनि खोजिसकेका थिए । पुनःनिर्माण सीप परियोजनाले गाउँमै तालीम दिएपछि कतार जाने मन मै आएन उनलाई । अहिले घरमै बसेर मासिक ३५ हजार रुपैयाँ आम्दानी गर्छन् ।


captcha

Comments

1 Krishna Bhusal January 19, 2018 - 08:10
I would love to read more about him and get in touch with him as well. Kindly provide me his contact number as well as far as your policy allows.